ओली पक्षको आज देशैभर भेला: कुन नेताले कहाँ गर्दैछन सम्वोधन ? - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

ओली पक्षको आज देशैभर भेला: कुन नेताले कहाँ गर्दैछन सम्वोधन ?



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने भएको छ।

दुईदिन भित्र सम्पन्न गरिने भेलामा पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रदेशगत प्रशिक्षण दिने कार्यक्रम समेत ओली समुहले जनाएको छ ।

प्रदेशगत प्रशिक्षण कार्यक्रमका लागि मुख्य वक्ताका रुपमा बागमती प्रदेशमा पार्टीका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सुदूरपश्चिममा लेखराज भट्ट, कर्णाली प्रदेशमा शंकर पोखरेल, लुम्बिनीमा टोपबहादुर रायमाझी, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र टोपबहादुर रायमाझी तथा प्रदेश २ मा शंकर पोखरेल र सत्यनारायण मण्डललगायत नेता तोकिएका छन्।

प्रदेश १ मा भने अझै तोकिएको छैन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले बुधबार सातै प्रदेशमा भेला गर्ने निर्णय गरेको थियो।

बैठकमा प्रधानमन्त्री एंव नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भेलाका लागि आह्वान गरेका थिए। सोहीअनुसार ओली समूहले देशैभर भेला गर्न लागेको हो।

यस्तै मंगलबारको बैठकले ०७८ मंसिर २ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय पनि गरेको छ। त्यसकै लागि भन्दै ४ सय ४६ सदस्यीय केन्द्रीय कमिटीमा ५ सय ५६ सदस्य थपेर १ हजार १ सय ९९ सय सदस्यीय बनाइएको छ।