ओली पक्षको फरक तयारीले अक्करमा स्थायी कमिटि बैठक - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

ओली पक्षको फरक तयारीले अक्करमा स्थायी कमिटि बैठक



काठमाडौं- आज आइतबार दिउँसो १ बजे धुम्बाराहीमा बोलाइएको नेकपा स्थायी समितिको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सारिएको छ । प्रधानमन्त्री ओलीसमेत सामेल हुने भएपछि बैठक सारिएको छ ।

तर बैठक बालुवाटार सार्नुको अन्तर्य भने अर्कै भएको बुझिएको छ । बालुवाटारमै २ बजेका लागि सँस्कृत विश्वबिध्यालयको अर्को बैठक त्यहीँ निर्धारित छ । प्रधानमन्त्री ओलीपक्षले केहीबेर बैठक बसेर टार्ने रणनीतिका साथ् बैठक बालुवाटारमा सारिएको बुझिएको छ ।

केन्द्रीय समिति सदस्य एवम् पूर्व सांसद तथा पूर्व राजदूत कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गरेर केही दिनलाई बैठक स्थगित गर्ने ओलीपक्षको रणनीति अनुसार बालुवाटारमा तयारी भैरहेको स्रोतले बतायो ।

आजको बैठक पूर्वराजदूतसमेत रहेका कमानसिंह लामाको निधनको शोक प्रस्ताव पारित गरेर टुङ्ग्याउँ भन्ने मेरो कुरा छ” स्थायी कमिटी सदस्य सुवास नेम्वाङले भनेका छन्।

लामाको कोरोना सङ्क्रमणका कारण मङ्सिर २४ गते निधन भएको थियो । आजै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेम्वाङबीच खुमलटारमा भेटवार्ता भएको थियो ।