ओली पक्षका सबै निवर्तमान सांसद केन्द्रीय सदस्य: बालुवाटारमा खाए सपथ - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

ओली पक्षका सबै निवर्तमान सांसद केन्द्रीय सदस्य: बालुवाटारमा खाए सपथ



काठमाडौं- प्रधानमन्त्री तथा नेकपा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन्। ओलीले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन्।

ओलीले निवर्तमान प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरु सबैलाई केन्द्रीय कमिटीमा मनोनित गरेका छन् । आज बालुवाटारमा बसेको बैठकमा ओलीको प्रस्तावलाई अनुमोदन गर्दै केन्द्रीय सदस्यकारुपमा शपथ ग्रहण पनि गराइएको छ ।

ओलीले ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए।

१९७ जना पछिमात्रै थपिने ओलीले छलफलमा बताएका थिए। पार्टी कमिटीमा अल्पमतमा परेपछि ओलीले सदस्य संख्या थपेरै भए पनि बहुमत पुर्‍याउने कोसिस गरेका छन्।