एमालेमा महासचिवबाहेक सबैको पद खारेज - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

एमालेमा महासचिवबाहेक सबैको पद खारेज



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् ।

माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई प्रदेश ३ को इन्चार्ज तोकेका छन् ।

यस्तै ‘बादल’ सहित २३ माओवादी नेता नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ । बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय कमिटी बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

माओवादीसँग एकता गर्दा मनोनित भएका ४२ जना स्वत: केन्द्रीय सदस्य भएका छन् । योसँगै अब एमालेको केन्द्रीय कमिटी २६४ सदस्यीय भएको छ ।

बैठकमा माधव नेपाल पक्षलाई बोलाइएको थिएन ।