ओलीले पदसँग संविधान र संघीयता साटे: जनार्दन शर्मा - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

ओलीले पदसँग संविधान र संघीयता साटे: जनार्दन शर्मा



काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले प्रधानमन्त्री केपी ओलीले पदसँग संविधान र संघीयता साटेको बताएका छन्।

काठमाडौंमा आज आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘संघीयतालाई पद र कुर्सीसँग साटे, संविधान पदसँग साट्ने काम भयो,’ उनले भने।

उनले जनताको आवाज सुनिएन भने कुन दिन विद्रोह हुने चेतावनीसमेत दिए। जनताको अधिकार कानुन बनाउने क्रममा भाचभुच पारिएको उनले बताए।

‘ओम्नीहरुको नाममा जनताको जीवनमाथि खेलवाड गरिएको छ,’ उनले भने,‘संघीयता र गणतन्त्र समाप्त पार्ने जुन काम भएको छ, अब त्यसका विरुद्ध हामी संघर्षमा उत्रिसकेका छौं।’