माधव नेपाल पुगेपछि खुमलटारबाट निस्किए प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

माधव नेपाल पुगेपछि खुमलटारबाट निस्किए प्रधानमन्त्री ओली



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच खुमलटारमा बैठक चलिरहेको बेला उपाध्यक्ष बामदेव गौतम टुप्लुक्क पुगेका थिए ।

केहीबेर गौतम संयुक्त छलफलमा बसेको बेला वरिष्ठ नेता माधव नेपाल पनि खुमलटार पुगेका थिए । नेता नेपाल पुगेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली प्रचण्ड निवासबाट बाहिरिएका छन्।

कार्यकारी अध्यक्ष प्रचण्डसँग छलफलका लागि शनिबार बिहान ११ बजे खुमलटार पुगेका प्रधानमन्त्री ओली १ घण्टा १५ मिनेट बसेर बाहिरिएका हुन्।