प्रधानमन्त्रीले गरे राष्ट्रपतिसँग निर्णायक छलफल - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

प्रधानमन्त्रीले गरे राष्ट्रपतिसँग निर्णायक छलफल



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालयमा जाने क्रम बढेको छ । पछिल्लो समय विवादले उग्र रुप लिँदैजाँदा ओलीले निर्णायक दौडधुप गरिरहेको बुझिएको छ ।

केहिदिन अघि मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका प्रधानमन्त्री ओलीले सोमबार पनि लामो समय छलफल गरेको तथ्य फेला परेको छ । स्रोतले बताए अनुसार आजको भेटमा पार्टी विवादलाई समाधान गर्न निर्णायक छलफल भएको छ ।

प्रधानमन्त्री ओलीले तीन घण्टा भन्दा बढी राष्ट्रपति भण्डारीसँग शीतलनिवासमा छलफल गरेका छन् । बिहान ११ देखि दिउँसो २ बजेसम्म भएको छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो सुरक्षाका निम्ति आफूले चाल्न सक्ने उपयुक्त कदमहरुबारे राष्ट्रपतिसँग छलफल गरेका छन्।

नेकपाको आन्तरिक द्वन्द्व, संवैधानिक निकायमा नियुक्ति, संसद अधिवेशनलगायतमा विवाद चुलिएका बेला नेकपा अध्यक्षसमेत रहेका ओलीले राष्ट्रपतिसँग लामो छलफल गरेका हुन्। स्रोतका अनुसार छलफल नेकपाभित्रको बढ्दो विवाद समाधानका विषयमा केन्द्रित थियो

नेकपाको हरेक कमिटीभित्र आफू अल्पमतमा परेपछि प्रधानमन्त्री ओली अहिले सक्रिय भएका छन् । सचिवालयमा टुंगो लाग्न नसकेको विवाद अहिले स्थायी कमिटीमा प्रवेश गरेको छ।