प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले झन्झटिला प्रक्रिया र आथिक अभावले कुनै नागरिकको ज्यान जान नहुने बताएका छन् ।
आज सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा उनले नागरिकको जीवनरक्षामा ध्यान दिन निर्देशन दिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
“हाम्रा प्रक्रियाहरुमा अल्झिएर र आर्थिक स्रोतहरुको अभावले कुनै पनि नागरिकको ज्यान जानु हुँदैन । त्यसैले झन्झटिला प्रक्रिया छन् भने त्यसलाई छोट्ट्याएर, हप्तामा हुने कामलाई दिनमा, दिनमा हुने कामलाई घण्टामा गरेर भए पनि तत्काल नागरिकको जीवनरक्षाका लागि के–के गर्नुपर्छ गर्नुस् भन्नुभएको छ,” ज्ञवालीले भने ।
त्यस्तै, प्रधानमन्त्रीले आवश्यक परेमा कानुन र क्विक रेसपोन्स टिम बनाउन पनि सुझाव दिएका छन् ।