प्रधानमन्त्रीको निर्देशन: मलाई हटाउन लागे, तिब्र आन्दोलन गर्नुहोस् - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

प्रधानमन्त्रीको निर्देशन: मलाई हटाउन लागे, तिब्र आन्दोलन गर्नुहोस्



काठमाडौँ- आफ्नो पक्षमा सडक प्रदर्शन चर्काउन पार्टीका युवा तथा बिद्यार्थी नेतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

बिहीबार राति ११ बजेतिर प्रधानमन्त्री ओलीले आफू निकट युवा विद्यार्थी नेताहरुलाई बालुवाटार बोलाएर सरकारको पक्षमा देशव्यापी आन्दोलन चर्काउन निर्देशन दिएका हुन् ।

पार्टीभित्र राजिनामा मागेपछि ओली संकटमा छन् । यस्तो अवस्थामा ओली अनेक समूहसँग भेटेर रणनीति बनाउन व्यस्त छन् । त्यसमध्ये सडक आन्दोलनलाई पनि उनले कार्ययोजनामा राखेका छन् ।

बिहीबार बिहान पनि काठमाडौँको माइतीघरमा ओली सरकार ढाल्न नपाइने भन्दै प्रदर्शन भएको थियो । ओलीलाई भेट्न तत्कालिन एमाले निकट युवा संघ तथा अनेरास्ववियुका नेताहरु बालुवाटार पुगेका थिए ।

ओलीको निर्देशनअनुसार शुक्रबार विभिन्न जिल्लामा सरकार ढाल्न पाइँदैन भन्दै प्रदर्शन भएका छन् ।-दृष्टिबाट