ओली नेतृत्वको सरकारले राष्ट्रघाती काम गर्यो : मैनाली - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

ओली नेतृत्वको सरकारले राष्ट्रघाती काम गर्यो : मैनाली



नेकपा मालेका महासचिव सीपी मैनालीले सरकारले सिके राउतसंग गरेका ११ बुँदै सहमति राष्ट्रघाती कदम भएको बताएका छन् ।

उनले स्वतन्त्र मधेस गठबन्धन कसरी लोकतान्त्रिक हुन सक्छ ? भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रघाती काम गरेको आरोप पनि लगाएका छन् ।

उनले ११ बुँदे सहमति हेरेरै भने, ‘यो सरकारले नेपाल विरोधीलाई बैधानिकता दिएको छ । स्वतन्त्र मधेश कसरी हुन्छ ?’

गत आइतबार जनकपुरमा सिके राउतका कार्यकर्ताले गरेको गतिविधिप्रति इंकित गर्दै नेता मैनालीले भने, ‘यो काम गरेपछि स्वतन्त्र मधेशको झण्डा लिएर मानिसहरु स्वागत गर्न आए । सरकारले नेपालबाट मधेशलाई स्वतन्त्र गराउने कामको बैधानिकता दिएको छ ।’

मैनालीले भने, ‘सिके राउतले हिजो गरेका बिखण्डनकारी काम फिर्ता लिने काम कुनै सहमतिमा लेखिएको छैन । हिजो गलत काम गरेको भएर नै मूल धारमा ल्याउन खोजिएको जस्तो लाग्छ । तर त्यस्तो देखिएन ।’

उनले ओली नेतृत्वको सरकारलाई भने, ‘गल्ती तत्काल सच्याउनु जरुरी छ । नेपाल विरोधी गतिविधि गर्न कसैलाई छुट छैन ।’