ओली-नेपालबीचको वार्ता सकियो
काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष र वरिष्ठ नेता माधव नेपालबीच वार्ता सकिएको छ ।
सामुहिक राजीनामाको तयारीमा रहेको नेपाल समुहको कारबाही फुकुवा गरेर एकाएक भेटको प्रस्ताव गरेपछि बिहिबार दिउसो उनीहरू वार्तामा बसेका हुन् ।
क्याप्टेन रामेश्वर थापाको चपलीहाइटस्थित घरमा भेटवार्ता भएको थियो । भेट बिहिबार दिउसो २ बजेदेखी सुरू भएको थियो ।
नेपाल समुहले सामुहिक राजिनामाको तयारी गरेपछि संकटमा देखिएका ओलीले अन्तिम समयमा आएर नेपाल समुहका नेताहरूमाथि गरेको कारबाही फिर्ता लिएका थिए ।
माधव नेपाल समुहको साथ् रहने हो भने ओलीकै नेतृत्वमा सरकार बन्ने पक्का छ ।