ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्ष त्याग्नु पर्छ :नेता नेपाल - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्ष त्याग्नु पर्छ :नेता नेपाल



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले एक पद छाड्नुपर्ने लिखित प्रस्ताव पार्टीमा दर्ता गराएका छन् ।

सचिवालय बैठकका पछिल्ला निर्णयहरु प्रति असहमत नेता नेपालले सातबुँदे नोट अफ डिसेन्ट मंगलबार दर्ता गराएका हुन्, जसमा एक ब्यक्ति एक प्रमुख जिम्मेवारीको वैधानिक ब्यवस्थालाई पार्टी अध्यक्षद्वय देखि सबै ब्यक्तिमा लागु गरियोस् भनिएको छ ।

नेता नेपालले शुक्रबारको सचिवालय बैठकमा ओलीलाई अध्यक्ष छाड्न आग्रह गरेका थिए तर प्रधानमन्त्रीले ठाडै अस्वीकार गरेका थिए । अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि यो ओलीको इच्छामा भरपर्ने भन्दै निर्णय गर्न नहुने बताएका थिए ।