योगेशकै अगाडि ओलीले नेपाललाई गरे टेलीफोन - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

योगेशकै अगाडि ओलीले नेपाललाई गरे टेलीफोन



काठमाडौं- प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयपछि पार्टीको विवाद अन्त्यको लागि वार्ता भएको छ । काठमाडौं, नागपोखरीस्थित मेरियट होटलमा भेटवार्ता भएको हो ।

मंगलबार मात्र एमाले महाधिवेशन आयोजक समिति बैठकले नेपालसहित २७ जना संघीय सांसद र कर्णाली प्रदेशका ५ जना सांसदलाई पार्टीले पदबाट किन नहटाउने भन्दै दुई दिनको म्याद दिएर स्पस्टिकरण सोधेको थियो । त्यसपछि विकशित घटनाक्रमले अध्यक्ष र वरिष्ठ नेताबीचको भेट भएको छ ।

यस्तो अवस्थामा भएको अध्यक्ष र वरिष्ठ नेताबीचको भेटलाई निकै नै अर्थपूर्ण मानिएको छ । भेटमा अर्थमन्त्री विष्णु पौडेलको समेत उपस्थिति रहेको छ । एकोहोरो कारबाहीको प्रक्रिया अघि बढाएपनि प्रधानमन्त्री पार्टीभित्र उत्पन्न परिस्थितिको बारेमा केही दिनदेखि खासै नखुलेको बालुवाटार स्रोतको दाबी छ ।

आजै दिउँसो प्रधानमन्त्रीले नेपाललाई फोन गरेर भेटको लागि आग्रह गरेपछि नागपोखरीको मेरियट होटललाई मिटिङ प्वाइन्ट बनाइएको थियो ।

नेपाल बालुवाटार नजाने,प्रधानमन्त्री कोटेश्वर नजाने र पार्टी मुख्यालय धुम्बाराहीसमेत मध्यस्थता गर्ने थलो नबनेपछि एमाले महासचिव योगेश भट्टराईले बालुवाटारमा भेटेर दिएको सुझावका आधारमा होटल मेरियट रोजाईमा परेको बताइन्छ ।

नेता योगेश भट्टराईकै सामु दुई नेतावीच फोनवार्ता भएको थियो । उक्त फोनवार्ता भएलगत्तै पौने छ बजेदेखि लामो शीतयुद्धपछिको भेटवार्ता शुरु भएको हो ।