ओली र नेपालको झगडामा प्रचण्डलाई फाइदा - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

ओली र नेपालको झगडामा प्रचण्डलाई फाइदा



काठमाडौं– मंसिरको सचिवालय बैठक नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल तथा पार्टी पंक्तिको निम्ति सम्भवतः अप्रत्याशित रहयो ।

वरिष्ठ नेताहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बैठक बहिस्कार गरे । नेतृत्वमा बैठकप्रति देखिएको उदासिनता, विधि प्रक्रिया नमानिएको भन्दै उनीहरूले आरोप लगाउँदै आएका थिए ।

बैठक बहिस्कारमा ‘समय पालना’ लाई कारण देखाए पनि उनीहरूले अन्य कारण खुलाएका छैनन् ।
घटनाको भोलिपल्टै २३ मंसिरमा नेपाल–खनाल पक्षले आफूनिकट स्थायी समिति बैठक बोलाउन गरेको ‘प्रयास’ २९ मंसिरमा बोलाएर ओली–दाहालले तुहाइदिए । यसपछि ओली–नेपालबीच दूरी अझै बढेको छ । प्रदेश कमिटी पदाधिकारी चयनदेखि नै तत्कालीन एमालेका ओली र नेपाल खेमाबीच असमझदारी बढ्दै गएको छ ।

ओली अप्ठ्यारोमा देखिएका छन् तर उनलाई दाहालले साथ दिने देखिएपछि ढाडस मिलेको छ । दाहालले ‘बीच बाटोबाट सहमति खोज्नुपर्छ’ भन्ने रणनीतिक जवाफ दिन थालेका छन् । महासचिव विष्णु पौडेल दुई अध्यक्षबीच समन्वयकारी भूमिकामा छन् । उनी यसमा दायाँबायाँ हुन दिने पक्षमा छैनन् । त्यसका लागि उनको ‘क्रियाशीलता’ बढेको छ ।अन्नपूर्ण पोस्टबाट