ओली भेट्न सबै गए, नेपाल र खनाल अस्पताल नै गएनन् - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

ओली भेट्न सबै गए, नेपाल र खनाल अस्पताल नै गएनन्



काठमाडौं- एपेन्डिसाईटिसको अप्रेशन पश्चात अस्पतालमा आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली अब डिस्चार्जको तयारीमा छ। अहिले प्रधानमन्त्री ओलीलाई भेट्न पार्टीका नेता र कार्यकर्ताको लर्को नै लागेको छ ।

अस्पतालमा भेट्नेहरूको लाईन नै लागेपछि प्रधानमन्त्री ओलीले बालुवाटारमै फर्केर आराम गर्ने भन्दै डाक्टरसँग सल्लाह समेत गरेका छन् ।

देशकै प्रधानमन्त्री बिरामी परेर अस्पतालमा भेट्नेको भिड त लाग्नेनै भयो । राष्ट्रपति, मन्त्रीहरू, कर्मचारी, नेता कार्यकर्ता र सुभेच्छुकहरू सबै अस्पतालमै पुगेर ओलीलाई भेट्दा पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधव नेपाल र झलनाथ खनाल भने भेट्ने गएनन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमेत प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्न अस्पतालमै पुगेकी थिईन् । पार्टी अध्यक्ष पुष्पकमल दाहालले त दुई पटक भेटे । दाहालले प्रधानमन्त्रीको स्वास्थ्यबारे देशबासीलाई जानकारी समेत गराएका थिए ।

अरु थुप्रै नेता तथा कार्यकर्ता प्रधानमन्त्री ओली भेट्न अस्पताल पुगेको अवस्थामा माधव कुमार नेपाल र झालानातह खनाल नै अहिलेसम्म भेट्न नगएपछि पार्टी पंतिमै आलोचना हुन थालेको छ।

स्रोतले बताएको जानकारी अनुसार नेता नेपाल र खनालद्वयले भेट्न जान खोजेपनि प्रधानमन्त्रीकै सचिवालयले भेट्ने अवसर नदिएको बताइएको छ । तर, यो जानकारीमा भने त्यति दम छैन किनकि अस्पतालमा रहेको व्यक्ति भेट्न सचिवालयले प्रवन्ध नगरेपनि जान सकिन्छ ।

एकातिर प्रधानमन्त्री ओली अस्वस्थ छन् भने अर्कातिर ओली, खनाल र नेपालको सम्बन्धमा खटपट भैरहने हुनाले पनि पार्टीको केहि तहमा चर्को आलोचना भएको हो ।

एक त एकै पार्टीका लामो सहयात्री अर्कोतर्फ देशका प्रधानमन्त्री नै बिरामी भएको अवस्थामा नेता नेपाल र खनाल भेट गर्न नजानु वा जान नखोज्नुले त्यति राम्रो संदेश भने होइन ।

गत भदौ ५ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली र नेता नेपालबीच बैठकमै चर्काचर्की र भनाभन भएको थियो । उक्त बैठकमा नेता नेपालले ओलीलाई स्वास्थ्यलाभको कामना गरेका थिए । तर, ओलीले आफूलाई स्वास्थ्यलाभको कामनाको जरुरत नभएको भन्दै कडा जवाफ दिएका थिए ।

त्यसयता यी दुई नेताबीच खासै राम्रो सम्बन्ध छैन् । भदौ ५ गतेको सचिवालय बैठकमा नेता नेपाललाई ओलीले वचन लगाएपछि बैठकमा उपस्थित् अरु सदस्यहरुले प्रधानमन्त्री ओलीलाई नै गाली गरेका थिए । स्वास्थ्यलाभको कामना गर्दापनि नलिनु राम्रो नभएको उनीहरुको भनाई थियो ।

ओली सिंगापुरमा उपचार गराई फर्किएको दुई साता बित्दापनि ओली र नेता नेपालबीच कुराकानी भएको थिएन् । तर, प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पूनर्गठन गर्नुभन्दा अघि नेता नेपालसँग लन्च खाँदै चार घण्टा लामो वार्ता गरेका थिए ।

दुई नेताबीच लामो समयको मन माझामाझपछि सम्बन्ध सुध्रिएको आँकलन गरिएको थियो । तर, अहिलेसम्म उनीहरुबीच सम्बन्ध नसुध्रिएको पुष्टि भएको छ ।

प्रधानमन्त्री ओली सिकिस्त भएर अस्पताल भर्ना हुँदापनि नेता नेपाल र खनाल उनलाई भेट्न नजानुको कारणपनि उनीहरुबीचको सम्बन्ध सुमधुर नभएको प्रमाण हो ।

नेता खनालसँग भने ओलीको पार्टी एकताकै समयदेखि सम्बन्ध राम्रो छैन ।