प्रधानमन्त्री ओली र माधव नेपालबीच टेलिफोन वार्ता
काठमाडौँ । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन वार्ता भएको छ ।
एमाले पार्टीको स्थायी समिती बैठक सकिएलगतै दुई नेताबीच टेलिफोन वार्ता भएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एकालेको स्थायी समिति बैठकले नेपाल सहितका चार नेतालाई गरेको कारबाही फिर्ता गर्ने निर्णय गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनको लागि दिएको समय आज सकिदैछ ।