अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता हुँदै
काठमाडौं- नेकपा एमालेको विवाद समाधान गर्न गठन गरिएको कार्यदलले १० बुँदे सहमति गरेपछि एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता हुने भएको छ।
सहमति अनुमोदन गर्नका लागि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आज बस्ने स्थायी कमिटी बैठक बोलाएका छन् । उक्त बैठक अगाडी नै सुई नेताबीच भेटवार्ता हुने बताइएको छ ।
अध्यक्ष ओलीले नेता नेपाललाई टेलिफोन गरेर भेटका लागि प्रस्ताव गर्ने र त्यसपछि भेटको समय तय हुने बताइएको छ । नेता नेपाललाई भेटेपछि आज स्थायी कमिटी बैठक सर्न सक्ने बताइएको छ ।
आजको स्थायी कमिटी बैठकमा गएराति एकता विवाद समाधानका लागि बसेको कार्यदलको बैठकले गरेका सहमती पत्रको अनुमोदन गर्ने नेताहरूले बताएका छन् । अध्यक्ष ओलीले भोलिका लागि एमाले केन्द्रीय कमिटी बैठक पनि बोलाएका छन्।