ओली-नेपाल बिहिबार फेरि वार्तामा बस्ने - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

ओली-नेपाल बिहिबार फेरि वार्तामा बस्ने



काठमाडौं- लामो समयपछि बुधबार भेटेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बिहिबार फेरि भेट्ने भएका छन् । लामो छलफलपछि नेताहरूसँग छलफल गरेर फेरि भेट्ने भएका हुन् ।

काठमाडौंको मेरियट होटेलमा ओली र नेपालबीच करिब दुई घण्टा छलफल भएको थियो। भेट सकेर निस्कँदा दुवै नेता खुशी देखिएका थिए । भेटमा भएका छलफल र कुराकानी गोप्य नै राखिएको छ ।

बालुवाटार स्रोतले भने बिहिबार फेरि बस्नेगरी वार्ता सकिएको बताएको छ । ‘नेताहरूबीच मन माझामाझ भयो बिहिबार फेरि बस्नेगरी वार्ता सकियो । बिहिबार कतिबजे वार्ता बस्ने भन्ने टुंगिएको छैन’ स्रोतले भन्यो ।

भेटका लागि प्रधानमन्त्री ओली आफैले पहल गरेको बालुवाटारको दाबी छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले वार्ताको लागि ओलीआफैले पहल गरेको एक अनलाइनलाई बताएका छन् ।

भेटका लागि ओलीले नेता नेपाललाई ओली आफैले फोन गरेका थिए। फोनमा ओलीले ‘वान टू वान’ छलफल गरौँ भनेपछि नेपालले एक्लै भेट्न राजी बनेका थिए । नेपालले पहिले नै बालुवाटार नजाने भनेकाले वार्ताका लागि मेरियट होटेल रोजिएको थियो । दुई नेताबीच करिब दुई घण्टा कुराकानी भएको थियो ।