अब केपी ओलीको जिम्मा पार्टीले नलिन सक्छ : नेता नेपाल - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

अब केपी ओलीको जिम्मा पार्टीले नलिन सक्छ : नेता नेपाल



काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी(ने क पा)का वरिष्ठ नेता माधव नेपालले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने विषयमा पार्टीभित्र कुनै छलफल नभएको बताएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले पार्टीभित्र छलफल बिना गरिएका निर्णय ठीक नहुनेसमेत बताए। उनले भने पार्टीभित्र यो विषयमा छलफल भएको छैन। यस्तो चलन ठीक होइन। यसको जिम्मा पार्टीले पनि लिन सक्दैन । यस्तै पारा भयो भने ओलीजीको पनि पार्टीले जिम्मा नलिने अवस्था आयो हाम्रो प्रश्नको जवाफमा उनले भने ।

मंगलबार मन्त्रिपरिषद्को बैठकले विप्लव नेतृत्वको राजनीतिक क्रियाकलापमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। यस्तो विषय राष्ट्रिय मुद्दा भएको उल्लेख गर्दै नेपालले यस्ता विषयमा बैठक बोलाएर गम्भीर छलफल गर्नुपर्ने बताए।

‘प्रचारात्मक कुराहरुमा जाने प्रवृत्ति देखियो। राम्रो तयारी गरेर छलफल गरेर कदम चाल्नुपर्नेमा अपरिपक्व कदम गरेको देखियो,’ नेपालले भने।