नयाँ मुख्यालयमा ओली-नेपाल छलफल हुँदै: यसरी समाधान हुँदैछ पार्टीको विवाद
काठमाडौं- विभाजनको डिलमा पुगेको नेकपा एमालेको संकट समाधान उन्मुख देखिएको छ । चर्को विवादबाट नेताहरू संवादतर्फ लागेका छन् । एमालेको विवाद मिलाउन दोस्रो तहका नेताहरु पनि ब्यापक दौडधुपमा छन् ।
प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपालबिचमा बिहिबार राष्ट्रपति निवासमा अनौपचारिक छलफल भएको र राष्ट्रपति विद्यादेवी भण्डारीको रोहबरमा भद्र सहमति भएको बताइएको छ । उक्त सहमति अनुसार आजबाट विवाद समाधनका लागी अध्यक्ष ओलीले फागुन ७ गतेको निर्णय सच्चाउने र कार्यदल बनाएर अन्य समस्याको समाधान गरिने बताइएको छ ।
त्यसका लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल अहिले केही वेरमा एमालेको नयाँ पार्टी मुख्यालय थापाथलीमा भेटवार्ता गर्दैछन । दुवै तर्फका दोस्रो तहका नेताहरुको सहभागितामा सहमति बनाउने तयारी भैरहेको बताइएको छ ।
भद्र सहमति राष्ट्रपति निवासमै बएको भएपनि आजको छलफलले तल्लो तहसम्मको विवाद समाधानका लागि कार्यदल बनाउनेबारे छलफल हुने बताइएको छ ।
एमाले विवाद मिलाउन राष्टपति विद्यादेवी भण्डारीले पनि सक्रिय बनेकी छन् । राष्टपति भण्डारीले हिजो साँझ नेपाललाइृ शित्तल निवासमा बोलाएर लामो छलफल गरेपछि ओली पनि सहभागी बनेर छलफल भएको बताइएको छ ।
विवाद समाधानका लागि अर्थमन्त्र विष्णु पौडेलले सुरेन्द्र पाण्डे र गोकर्ण विष्टलाई मेरियट होटलमा बोलाएर छलफल गरेका थिए । पछिल्लो समय नेता नेपालले चालेका कतिपय कदमले प्रधानमन्त्री ओली हच्किएको बताइएको छ । त्यसैको फलस्वरूप उनले अघिल्ला पार्टीका निर्णयमा पुनर्विचार गर्ने तयारी गरेका हुन् ।
माधव नेपाल समुहले २ जेठ २०७५ मा फर्किनुपर्ने अडान लिएका छन् । नेपाल समुहको उक्त अडानमा अध्यक्ष केपी ओली पछिल्लो चरणमा सकारात्मक बनेपछि अहिले नेपाल र ओलीका वीचमा सम्वाद हुन लागेको हो ।