बालुवाटार आउँदिन भनेपछि धुम्बाराहीमा ओली-नेपाल भेट्दै - Himal Post Himal Post
  • १० फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 22 2026
Logo

बालुवाटार आउँदिन भनेपछि धुम्बाराहीमा ओली-नेपाल भेट्दै



काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता तय भएको छ ।

एमालेभित्र विवाद बढेपछि दुबै पक्षका केही नेताहरूले प्रधानमन्त्री ओली र नेपालबीच संवाद गराउन प्रयत्न गरिरहेका थिए ।

नेता नेपाललाई प्रधानमन्त्रीले बालुवाटार बोलाएका थिए । तर नेता नेपालले बालुवाटारमा होइन पार्टी केन्द्रीय कार्यालयमा भेटौं भनेपछि भेट धुम्बाराहीमा हुन लागेको हो।

स्रोतका अनुसार उनीहरूबीच बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा भेट हुन लागेको छ। अहिले पार्टी कार्यालय धुम्बाराहीमा भेटवार्ताको तयारी भैरहेको छ ।