सचिवालयमा संक्रमण फैलँदा प्रधानमन्त्रीको रिपाेर्ट भने नेगेटिभ - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

सचिवालयमा संक्रमण फैलँदा प्रधानमन्त्रीको रिपाेर्ट भने नेगेटिभ



काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपाेर्ट नेगेटिभ आएको छ। शुक्रबार पीसीआर परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाबको नमुना संक्रलन गरिएको थियो।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा र परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई भने कोरोना संक्रमण पुष्टि भएको छ।

उनीहरुको पनि शुक्रबार स्वाब संकलन गरिएको थियो। शनिबार उनीहरुको रिपाेर्ट पोजेटिभ आएको हो।

प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।