ओली नै प्रधानमन्त्री बन्ने सम्भावना कायमै - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

ओली नै प्रधानमन्त्री बन्ने सम्भावना कायमै



काठमाडौं प्रधानमन्त्रीसँग संसदमा वहुमत गुमेपछि अव प्रधानमन्त्रीले के गर्छन् ? सर्वत्र चासो छ । उनले संसदमा वहुमत नरहेपछि प्रधानमन्त्री पदवाट राजीनामा दिने विकल्प छ ।

तर विपक्षी गठवन्धनसँग पनि आजको संसदको मत विभाजनले प्रष्ट वहुमत नदेखिएका कारण नयाँ वैकल्पिक सरकार संविधानको धारा ७६(२) अनुसार दुई वा दुई भन्दा वढी दलका सांसदहरु मिलेर बन्ने सम्भावना पनि कमजोर देखिएको छ ।

जसपाको महन्थ ठाकुर पक्षले पनि विपक्षीलाइृ साथ दिएमा वा एमालेभित्रको माधव नेपाल पक्षले संसदवाट राजीनामा दिएमा मात्र विपक्षी कांग्रेस र माओवादी केन्द्र लगायतका गठवन्धनसँग वुहमत पुगने देखिएको छ । यसका लागि यो प्रयास सजिल्यै कामयावी हुने अवस्था देखिएको छैन ।

दुइृ वा दुई भन्दा वढी दलले वहुमतको सरकार निर्माणमा उल्झन देखिएमा फेरि संविधानको धारा ७६(३) अन्तर्गत संसदको ठूलो दलको हैसियतमा एमाले वाट प्रधानमन्त्री ओलीले नै प्रधानमन्त्रीमा नियुक्ति पाउन सक्ने अवस्था छ । तर उनले त्यसरी नियुक्ति हुँदा पनि एक महिना भित्र विश्वासको मत प्राप्त गर्नुपर्ने अवस्था छ ।

तर ओलीले अव के गर्छन् ? भन्ने प्रश्न मात्रै अहिले सवैको चासोको विषय बनेको छ ।

उनले अहिले साझ नै वालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । उनले बैठकवाट विश्वासको मत लिन बोलाईएको विशेष अधिवेशन अन्त्यको निर्णय लिने सम्भावना छ भने आफुले के गर्ने भन्नेमा पनि मन्त्रिहरुसँग छलफल पछि निर्णय लिन सक्ने सम्भावना छ ।