मोदीको जन्मदिनमा प्रधानमन्त्री ओलीको शुभकामना: ‘घनिष्ट भएर काम गरौँ’
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिएका छन् ।
मोदीको आज परेको जन्मदिनमा सामाजिक संजाल ट्वीटरमार्फत प्रधानमन्त्रीले शुभकामना दिएका हुन् । मोदीलाई मेन्सन गर्दै उनले सुस्वास्थ्य तथा खुसीको लागि शुभकामना दिएका छन् ।
प्रधानमन्त्री ओलीले नेपाल-भारत मिलेर निरन्तर अझै घनिष्ट बनेर काम गर्न चाहेको समेत बताएका छन् । यसका साथै उनले नेपाल-भारतको सम्बन्ध झन् प्रगाढ बन्दै जाने पनि बताएका छन् ।
![](https://himalpost.com/wp-content/uploads/2020/09/oli-twit.png)