अ‍ोली-मोदीबीच फोन वार्ताको कुनै जानकारी छैन्: भारतीय विदेश मन्त्रालय - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

अ‍ोली-मोदीबीच फोन वार्ताको कुनै जानकारी छैन्: भारतीय विदेश मन्त्रालय



नयाँदिल्ली– भारतको विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवादको बारेमा आफूलाई जानकारी नभएको जनाएको छ।

शुक्रबार भारतीय विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तवले यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका छन्।

अगस्ट १५ मा भारतीय स्वतन्त्रता विदसको अवसरमा हुने भनिएको टेलिफोन वार्ता आफूहरुलाई जानकारी नभएको मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जानकारी दिए ।

‘अहिले हामीलाई यसविषयमा जानकारी छैन्,’ प्रवक्ता श्रीवास्तवले भने ।

नेपालले कालापानी लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर नक्सा जारी गरेपछि भारत नेपालसाग चिढिँदै आएको छ । भारतले कालापानीमा आफ्ना सैनिक खडा गरेको छ । नेपालले कालापानीबाट सेना फिर्ता गर्न भारतलाई पटकपटक पत्र पठाएपनि भारतले त्यसलाई वेवास्ता गर्दै आइरहेको छ ।