ओलीले भने: देशको हितविपरीत भए एमसीसीको समर्थन गरिन्न - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

ओलीले भने: देशको हितविपरीत भए एमसीसीको समर्थन गरिन्न



काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धमा हतारमा निर्णय गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् ।

एमसीसी सम्बन्धमा संसदमा प्रस्ताव आएपछि गम्भीरतापूर्वक निर्णय लिने बताए । उनले आफूहरू अहिले एमसीसीको बहसमा नउत्रिने समेत बताएका छन् ।

एमाले संसदीय दलको बैठकलाई बुधवार सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनमै एमसीसीबारे सहमति नभएकोले विपक्षीले हतार गर्नु नपर्ने बताएका हुन । ‘उनीहरूले संसदमा ल्याउने स्थिति नै छैन भने हामी अहिले किन बहसमा उत्रिनु पर्‍यो ?,’ ओलीले प्रश्न गरे ।

ओलीले देश र जनताको हितविपरीत कुनै पनि निर्णय एमालेले नगर्ने बताए । बैठकमा बोल्ने बहुसंख्यक सदस्यहरूले एमसीसी अनुमोदन गर्न नहुने बताएका थिए । गाउँ–गाउँसम्म मतदाता र सर्वसाधारण एमसीसीको विपक्षमा रहेकोले एमसीसी अनुमोदन गर्न नहुने उनीहरूले बताएका थिए ।

एमालेले पार्टीले कारवाही गरेका माधव नेपालसहितका १४ सांसदमाथिको कारवाही नगरेसम्म संसदको बैठक चल्न नदिने निर्णय गरेको छ ।