प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा मुद्दा, अब के हुन्छ ? - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा मुद्दा, अब के हुन्छ ?



काठमाडौं– एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

अधिवक्ता यज्ञमणि न्यौपानेले संसद्को सपथ नलिई प्रधानमन्त्री बनेको भन्दै ओलीविरुद्ध रिट हालेका हुन् । सपथ नलिएको व्यक्तिलाई संसदले नचिन्ने र त्यस्ता व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने भन्दै रिट दायर गरिएको हो।

रिटमाथि शुक्रबारका लागि पेशी तोकिएको छ।

ओली फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। उनले त्यही दिन प्रधानमन्त्रीको लागि दाबी गरेका थिए र सपथ पनि लिएका थिए। प्रधानमन्त्री बनेपछि मात्रै उनी दलको नेतामा चयन भएका थिए।

सांसदको रुपमा भने ओलीसहित सम्पूर्ण सांसदहरुले फागुन २० मा सपथ लिएका थिए।

प्रधानमन्त्री ओलीको सपथ संविधानको धारा ९३, ७६ (२) र ८८ विपरीत भएको भन्दै उत्प्रेषणको आधारमा ओलीको नियुक्ति वदर गरी तत्काल प्रधानमन्त्रीको रुपमा रहेका देउवा नेतृत्वको कमचलाउ सरकारलाई पुनःस्थापना गरी संसदको अधिवेशन डाकेर पुनः प्रक्रियामा लागी प्रधानमन्त्रीको निर्वाचन गराउन रिटमा माग गरिएको छ ।