कोरोना खोपमाथि प्रधानमन्त्री ओलीले गरे मजाक - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

कोरोना खोपमाथि प्रधानमन्त्री ओलीले गरे मजाक



काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको खोप सुरू भएको केकी दिनमै यसमाथि मजाक गरेका छन् । खोप सुभारम्भ गर्दा ३ महिनाभित्र सबै नेपालीले खोप उपलब्ध गराइसक्ने बताएका उनले सबै नेपालीका लागि खोप उपलब्ध हुन १ वर्ष लाग्ने दाबी गरेका हुन् ।

उनले सन् २०२१ (१ वर्ष)भित्र सबै नेपालीले खोप लगाइसक्ने सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

चितवनमा शनिबार आयोजित आमसभामा केपी ओलीले कोरोना भाइरस (कोभिड- १९)को उपचारमा फ्रन्ट लाइनमा रहेकालाई खोप लगाउन सुरु गरिएको र सबै नेपालीलाई खोप उपलब्ध हुन १ वर्ष लाग्ने बताएका हुन् । उनले फ्रन्ट लाइनमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई खोप उपलब्ध हुनै ३ महिना लाग्ने पनि बताए ।

‘७७ वटै जिल्लामा खोप अभियान लगातार अगाडि बढेको छ । हिजो बेलुकासम्मा ४८ हजार भन्दा बढीले खोप लगाइसकेका छन् । यो क्रम अगाडि बढिरहेको छ र मैले भनेको छु एकदमै ‘फोर प्रन्ट’मा रहेर कठिनाइ झेलेकाहरूलाई खोप दिलाउने काम आगामी तीन महिनाभित्र सम्पन्न गर्नेछौं,’ प्रधानमन्त्री ओलीले भने, ‘बाँकी जनतालाई क्रमशः यो सन् २०२१ भित्र सम्पूर्ण जनतालाई खोप लगाइसकेर कोभिड- १९ लाई हामी नेपालबाट भगाउँछौं । बाँकी विश्वले पनि भगाउँछ भन्ने विश्वास लिएका छौं ।’

माघ १४ गते भने प्रधानमन्त्रीले तीन महिनाभित्र सबै नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप प्राप्त गरिसक्ने बताएका थिए । बुधबार बालुवाटारमा खोप अभियानको सुरुवात गर्दै उनले वैशाखसम्म सबै नागरिकले खोप पाइसक्ने घोषणा गरेका थिए ।

भारतले अनुदानमा दिएको कोभिसिल्ड खोपको कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा रहेकाहरूलाई लगाउने अभियानको उद्घाटन गर्दै ओलीले भनेका थिए, ‘हामी अरु मित्रराष्ट्रहरूसँग र संघसंस्थाहरूसँग पनि कुरा गरिरहेका छौं । हामी ठान्छौं करिब ३ महिनाभित्र हामीले सम्पूर्ण नेपालीलाई खोप उपलब्ध गराइसक्ने छौं । मेरो विचारमा ३ महिना लाग्न सक्छ ।’

सरकारले १५ वर्षभन्दा माथिका ७२ प्रतिशत अर्थात् २ करोड १६ लाखलाई खोप दिने योजना अघि सारेको छ । सरकारले कोभिसिल्ड खोपलाई नेपालमा प्रयोगका लागि मान्यता दिएको छ । ३ महिनामा सबै नेपालीले कोरोना खोप प्राप्त गर्ने दाबी गरेका प्रधानमन्त्री ओलीले तीन दिनमै बोली फेरेका हुन् । उनले तीन महिनामा फ्रन्टलाइनमा काम गर्नेहरूलाई खोप उपलब्ध हुने र बाँकी नेपालीले खोप प्राप्त गर्न १ वर्ष लाग्ने बताएका हुन् ।

चितवनमा आफू पक्षको नेकपाको आमसभामा ओलीले खोप छिट्टै ल्यायो भनेर सरकारको प्रसंसा गर्नुपर्ने पनि बताए । कतिपय तत्वहरूले प्रशंसा नगरेको उनको भनाइ थियो । ‘तर कतिपय तत्वहरू सरकारले खोप ल्यायो भन्न सक्दैनन् । त्यो भन्दा जनताले थाहा पाए भने, जनताले त उनीहरूले थाहा पाए भने भन्ने डर मान्दा पनि खोप लाइराख्या छन्, थाहा पाइराख्या छन् । जनताले थाहा नपाएको भए यो उपस्थिति यस ठाउँमा हुने थिएन ।’