महन्थ समूहलाई ओलीले भने: छिट्टै रणनीतिक बैठक बस्न तयार रहनु - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

महन्थ समूहलाई ओलीले भने: छिट्टै रणनीतिक बैठक बस्न तयार रहनु



काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुबीच भेटवार्ता भएको छ। ओलीसँग भेटवार्ता गर्न जसपा नेताहरू बालकोट पुगेका थिए।

यस्तै महन्थ ठाकुर पक्षले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने भएको छ । ओलीसँग सत्ता सहकार्य गरेको महन्थ ठाकुर पक्षले अबका दिनमा पनि ओलीसँगै सहकार्य गर्ने भएको हो ।

ओली सरकारबाट बाहिरिएपछि जसपा नेताहरूसँग पहिलो पटक भेटवार्ता गर्दै केहिदिनमै छुट्टै राजनीतिक रणनीतिक बैठक बस्नुपर्ने भन्दै ठाकुर समुहलाई तयार रहन आग्रह गरेका छन् । जसपा नेता शरद सिंह भण्डारीका अनुसार ओलीले केहिदिनमै राजनीतिक भेटलाई अघि बढाउने प्रस्ताव गरेका छन्।

आज आफूहरू शिष्टाचार भेटवार्ताको लागि बालकोट गएको बताउँदैकुनै राजनीतिक विषयमा छलफल नभएको बताएका छन् । आजको भेटमा ओलीले सहकार्य जारी राख्ने र केहिदिनमा रणनीतिक भेट हुने बताएका अठिए ।

सरकारबाट बाहिरिएपछि आफूले आराम गर्ने अवसर प्राप्त भएको सुनाएको समेत उनले बताए। ओलीलाई भेट्न अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, शरत सिंह भण्डारी र अनिल झा बालकोट पुगेका थिए।