माधव नेपालले भने : ओलीको शैली ठिक भएन - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

माधव नेपालले भने : ओलीको शैली ठिक भएन



काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष ओलीप्रति संकेत गर्दै पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउन नखोज्दा दुई पार्टीबीचको सांगठनिक एकीकरणको काम अझै टुङ्गो लाग्न नसकेको दावी पनि गरे ।

उनले पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीच कुनै समस्या नभएपनि पार्टीलाई विधि र प्रक्रिया अनुसार अघि बढाउन नचाहँदा पार्टीको सांगठानिक एकीकरणको काममा ढिलाई भइरहेको पनि बताए । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले पार्टीको राजनीतिक प्रतिवेदन अझै नछापिएकोमा पनि आपत्ति जनाए ।

वरिष्ठ नेता नेपालले आफूले अनेकौ पटक भन्दापनि पार्टीको राजनीतिक प्रतिवेदन अझै नछापिनु बिडम्बनापूर्ण भएको पनि बताए । उनले ठूलो पार्टी चलाउन विधि र प्रक्रिया चाहिने भएपनि पार्टी नेतृत्वले ‘एस म्यान’को खोजी गर्दा संगठन एकीकरणको काम अझै टुंगो लगाउन नसकिएको दावी पनि गरे ।

पार्टीलाई विधिसम्मत ढंगले अघि बढाए दुई पार्टीबीचको सांगठनिक एकीकरणको काम एक महिना भित्रै सम्पन्न हुने वरिष्ठ नेता नेपालको भनाई छ ।