वीरगञ्जमा एमाले र लोसपा मिल्ने सहमति, सत्ता गठबन्धनलाई धक्का - Himal Post Himal Post
  • १५ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 27 2025
Logo

वीरगञ्जमा एमाले र लोसपा मिल्ने सहमति, सत्ता गठबन्धनलाई धक्का



वीरगञ्ज महानगरपालिकामा नेकपा एमाले र लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच गठबन्धनको सहमति जुटेको छ । एमाले र लोसपा मिल्ने भएपछि सत्ताधारी गठबन्धनलाई भने केही धक्का लाग्ने देखिएको छ ।

३० वैशाखमा हुने चुनावमा वीरगञ्जको मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने भएका छन् भने उपमेयरमा लोसपाका पुरूषोत्तमलाल झा उम्मेदवार हुनेछन् । सरावगी वर्तमान मेयर हुन् । उनी हालै मात्र एमालेमा प्रवेश गरेका थिए ।

एमाले केन्द्रीय सदस्य अरबिन्द सिंहले यसको पुष्टि गरे । वडाध्यक्ष र सदस्यको हकमा टुंग्याउन बाँकी छ ।

सत्ता गठबन्धनबाट वीरगञ्ज मेयरमा जनता समाजवादी र उपमेयरमा कांग्रेसको उम्मेदवारी रहने सहमति भइसकेको छ ।