ओलीले देश र देउवाले पार्टीमा एकलौटी गरे : प्रकाशमान - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

ओलीले देश र देउवाले पार्टीमा एकलौटी गरे : प्रकाशमान



धनगढी , कैलाली । कांग्रेस नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीकै शैलीमा सभापति शेरबहादुर देउवाले पार्टी सञ्चालन गरिरहेको आरोप लगाएका छन् । कांग्रेस कैलालीले धनगढीमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले देउवाले एकलौटी रूपमा पार्टी सञ्चालन गरेकाले कांग्रेस धराशायी बनेको दाबी गरे ।

‘प्रधानमन्त्रीले जुन शैलीमा सरकार चलाइरहेका छन् त्यसले देशलाई घाटा भइरहेको छ ।’ उनले भने, ‘त्यही शैलीमा देउवाले पार्टी चलाउँदा कांग्रेस घराशायी बन्न पुग्यो ।’ देउवाकै कारण कांग्रेस अहिलेको अवस्थामा खुम्चिएको उनको जिकिर छ । उनले अब पार्टी नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

नेतृत्वकै कारण पार्टीले गत निर्वाचनमा नराम्रो हार व्यहोर्नु परेको सिंहले बताए । पार्टीलाई जीवन्त राख्न नेतृत्व परिवर्तनको खाँचो औँल्याउँदै उनले माहोल सिर्जना गर्न कार्यकर्तालाई आग्रहसमेत गरे ।आजको नयाँ पत्रीकामा खबर छ ।

कांग्रेसका अर्का नेता डा. शेखर कोइरालाले पार्टीलाई बलियो र एक ढिक्का बनाएर लैजानुपर्ने बताए । सरकार अधिनायकवादतर्फ गइरहेको आरोप लगाउँदै उनले भने, ‘वर्तमान सरकारमा राज्य मै हु“ र मैले जे गरे पनि हुन्छ भन्ने दम्भ बढेको छ ।’

अर्का नेता दिलेन्द्रप्रसाद बडूले डा. गोविन्द केसीको माग राज्यले पूरा गर्नुपर्ने बताए । कांग्रेसले केसीलाई नभई उनले उठाएका मागलाई समर्थन गरेको बताए ।