भारत जानुअघि पाँच पूर्वप्रधानमन्त्रीले अोलीलार्इ यस्तो भने - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

भारत जानुअघि पाँच पूर्वप्रधानमन्त्रीले अोलीलार्इ यस्तो भने



काठमाडाैं । पूर्व प्रधानमन्त्रीहरुले प्रधानमन्त्री केपी ओलीलाई आसन्न भारत भ्रमणका क्रममा राष्ट्रिय मुद्धामा स्थिर रहन सुझाव दिएका छन् । हरेक पटक हुने प्रधानमन्त्रीको भ्रमणका क्रममा ठुला–ठूला आश्वासन मात्रै आएपनि देखिने गरी परिणाम आउन नसकेको भन्दै उनीहरुले राष्ट्रिय मुद्धामा दरिलो उपस्थिति जनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

प्रधानमन्त्रीको भ्रमणलाई सद्भाव भ्रमण मात्रै नबनाउन उनीहरुले सुझाव समेत दिएका छन् । आगामी शुक्रबार ३ दिने भ्रमणका लागि दिल्ली जानुअघि प्रधानमन्त्री ओलीले अनुभव साटासाट गर्न आज पूर्व प्रधानमन्त्रीहरु शेर बहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, खिलराज रेग्मी, लगायतसंग छलफल गरेका थिए ।

सुझाव दिने क्रममा पूर्व प्रधानमन्त्री एवं कंग्रेस सभापति शेर बहादुर देउवाले ओलीलाई भ्रमणको शुभकामना दिँदै व्यापार घाटा कम गर्ने एजेण्डा उठाउन आग्रह गरे । पूर्व प्रधानमन्त्री एवं माओवाद्र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान जारी गर्दा भारतसंग बिग्रिएको सम्बन्ध संविधान कार्यन्वयनका क्रममा सुध्रने विश्वास व्यक्त गरे ।

उनले आर्थिक समृद्धि र स्थायित्वका लागि भ्रमण फलदायी हुने बताए । मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले भारतसंग पुरानै सोचले नयाँ सम्वन्ध कायम हुन नसक्ने बताए । उनले २१ औं सताब्दीको विश्व परिवेश अनुसार नेपाल र भारत सम्बन्ध विकास हुनुपर्ने बताए ।

पूर्व प्रधानमन्त्री माधव नेपालले भारतसंग नेपालको सम्बन्ध भाई भाई नभई मित्रताको हुनुपर्ने बताए । उनले भारतसंग नयाँसम्बन्ध भन्दा पनि यसअघि भएका पुराना सम्झौता कार्यान्वयनमा नेपालले जोड दिनुपर्ने बताए । नेपाललाई हेर्ने भारतीय सोचमा परिवर्तन आएको भन्दै पूर्व प्रधानमन्त्री झलनाथ खनालले दुबै मुलुकलाई फाईदा हुनेगरि सन्धी सम्झौता हुनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओली प्रधानमन्त्री भए पश्चात आगामी शुक्रबार पहिलो विदेश भ्रमणका रुपमा भारत जाँदै छन् । भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी लगायत उच्च पदस्थ व्यक्तित्वहरुसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री ओलीले भारत भ्रमण विगतका सम्झौता छिटो कार्यान्वयन गर्नेमा केन्द्रित हुने भन्दै कुनै किसिमका गलत सहमति नगर्ने प्रतिवद्धता जनाएका छन् ।