आफ्ना नेताहरूसँग माधव नेपालले भने: ओलीसँग कुरा मिलेन - Himal Post Himal Post
  • १२ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 24 2026
Logo

आफ्ना नेताहरूसँग माधव नेपालले भने: ओलीसँग कुरा मिलेन



काठमाडाैं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार कुरा नमिलेको बताएका छन् ।

नेता नेपालले आज पार्टी कार्यलय धुम्बाराहीमा भएको छलफलबारे आफूनिकटका सांसद र केन्द्रीय सदस्यलाई जानकारी गराएका हुन् ।

बानेश्वरको अर्याल होटलमा आफू निकटका सांसद र केन्द्रीय सदस्यलाई बोलाएर नेपालसहित छलफलमा सहभागी भएका नेताहरूले धुम्बाराहीको भेटबारे जानकारी गराएका हुन्।

भेलापछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै एमाले नेता सुरेन्द्र पाण्डेले भने, ‘२८ गतेको बसेको भनिएको बैठकलाई बैठक नै होइन भनेर हामीले भनेका थियाैं। आधिकारिक बैठकले मात्रै निर्णय गर्न सक्ने हामीले बतायौं। साथीहरूलाई साेही जानकारी गराएका छाैं।’

उनले अदालतले एमालेलाई २०७५ जेठ २ भन्दा पूर्वको अवस्थामा पुर्‍याइदिएकाले साेही अनुसार पार्टी चल्नुपर्ने र फागुन २३ गते पछिका सबै निर्णय बदर हुनुपर्ने अडान राखिएको बताए।