ओलीको बोली प्रष्ट छ तर कर्म प्रष्ट छैन :नेता शर्मा - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

ओलीको बोली प्रष्ट छ तर कर्म प्रष्ट छैन :नेता शर्मा



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको बोली प्रष्ट भएपनि कर्म प्रष्ट नभएको आरोप लगाएका छन् ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको पाँचौँ राष्ट्रिय अधिवेशनलाई शनिबार सम्बोधन गर्दै प्रवक्ता शर्माले भने,‘ईतिहासमा बोली होईन, कर्म देखिन्छ । सुशिल कोइरालाको बोली बुझिँदैन थियो । तर, उहाँको कर्म बुझियो । वर्तमान प्रधानमन्त्री ओलीजीको बोली प्रष्टसँग बुझिन्छ । तर, उनको कर्म नबुझेर जनता हैरान छन् ।’

शर्माले पठन संस्कृतिको विकास र विस्तारमा पुस्तक व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । उनले निजी क्षेत्रको विकास र विस्तारका लागि आफ्नो पार्टीले विगतदेखि नै सकारात्मक प्रयास गरेको भन्दै आगामी दिनमा पनि त्यस्तो प्रयास कायम रहिरहने उल्लेख गरे ।

आइतबारसम्म चल्ने अधिवेशनले महासङ्घको नयाँ नेतृत्व चयन गर्दै काठमाडौँ घोषणापत्रसमेत सार्वजनिक गर्ने कार्यक्रम रहेको सो अवसरमा जानकारी दिइयो ।