ओलीले भोलि संसद्‌मा ‘विशेष’ सम्बोधन गर्दै - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

ओलीले भोलि संसद्‌मा ‘विशेष’ सम्बोधन गर्दै



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा विशेष सम्बोधन गर्ने भएका छन् । ओलीले भोलि चैत्र २० गते संसद्‌मा विशेष सम्बोधन गर्ने भएका हुन् ।

आसन्न भारत भ्रमण तथा सरकार सञ्चालनका विषयमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्न लागेका हुन्।

प्रधानमन्त्री ओलीले सरकार सम्हालेपछि पहिलो विदेश भ्रमणका रुपमा आगामी चैत २३ देखि भारतको ३ तीने राजकीय भ्रमण गर्दैछन्।

यसअघि संसद्‌ बैठकमै प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा सदनले जानकारी पाउनुपर्ने माग गर्दै सत्तापक्षकै सांसदहरुले नियमापत्ति जनाएका थिए।

प्रधानमन्त्री ओलीको सम्बोधनमा सरकार सञ्चालनको अवस्था, भारत भ्रमण लगायतका विषय समेट्ने तयारी गरिएको छ।

संसद्‌को चालु अधिवेशनमा प्रधानमन्त्री ओलीले पहिलो पटक सम्बोधन गर्न लागेका हुन्।

भोलि बस्ने संसद् बैठकले अघिल्ला सरकारले अध्यादेश मार्फत पारित गरेका दुई विधेयकलाई पास गर्ने तयारी गरेको छ।

संसद्‌ सचिवालयका अनुसार दुई विधेयक पास भएसँगै बिजनेस नभएका कारण चालु अधिवेशन अन्त्य गर्ने तयारी छ।