देउवा पुग्नु अगाडी नै प्रधानमन्त्री ओली किन पुगे शितलनिवास ? - Himal Post Himal Post
  • २९ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 13 2025
Logo

देउवा पुग्नु अगाडी नै प्रधानमन्त्री ओली किन पुगे शितलनिवास ?



काठमाडौं । विपक्षी गठबन्धनका तर्फबाट १४९ जनाको हस्ताक्षर लिएर राष्ट्रपति निवास पुगेका छन्। तर त्यो भन्दा अगाडी प्रधानमन्त्री ओली एकाएक राष्ट्रपति निवास शीतलनिवास पुगेका छन् ।

१० मिनेट पहिले नै प्रधानमन्त्री शीतलनिवास पुगेको स्रोतले बताएको छ । विपक्षी गठबन्धनले सरकारको दाबी सहित प्रधानमन्त्रीको दाबी गर्ने तयारी गरेसंगै उनी एकाएक शितलनिवास पुगेका हुन्।

प्रधानमन्त्रीले सरकारको दाबी गर्न पुगेको वा अन्य कामले पुगेको बारे खुलाइएको छैन । उनी केहीबेरअघि त्यहाँ पुगेको स्रोतले जनाएको छ । नपुगेको बारेमा भने केही बताइएको छैन ।

यता यस्तो अवस्थामा प्रधनमन्त्री त्यहाँ पुग्नुलाई अर्थपूर्ण मानिएको छ