निर्वाचन आयोगसँग किन डराईरहेका छन् केपी ओली ? - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

निर्वाचन आयोगसँग किन डराईरहेका छन् केपी ओली ?



काठमाडौं । तिब्र चुनावी अभियानमा लागेका प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दिनदिनै निर्वाचन आयोगलाई दोषी देखाइरहेका छन् । शनिबार पनि ओलीले निर्वाचन आचारसंहिता जारी गर्ने बेला आफ्नो पार्टीलाई आयोगले थर्काएको आरोप लगाएका छन् ।

काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले सत्तापक्षसँग मात्रै परामर्श गरेर जारी गरिएको निर्वाचन आचारसंहिता हस्ताक्षर गर्ने बेला आयोगले आफ्नो पार्टीका प्रतिनिधिहरूलाई ‘हस्ताक्षर नगरे नगर्नुस्’ भन्दै थर्काएको गुनासो गरे ।

नेपालको इतिहासमा पहिलोपटक निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपक्ष दलहरूसँग परामर्श नगरी जारी गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

निर्वाचन आयोगले अनुरोध गरेर निर्वाचन सम्पन्न गर्नुपर्नेमा कारबाहीको डन्डा देखाउने गरेको अध्यक्ष ओलीले बताए ।

अध्यक्ष ओलीले आफ्नो दलसँग परामर्श नगरी निर्वाचन आचारसंहिता जारी भए पनि त्यसको पूर्ण पालना गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको स्पष्ट पारे ।