ओलीले प्रचण्ड र नेपाललाई जेल हाल्न प्लान बनाएको खुलासा - Himal Post Himal Post
  • १४ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 26 2026
Logo

ओलीले प्रचण्ड र नेपाललाई जेल हाल्न प्लान बनाएको खुलासा



काठमाडौं- नेकपा प्रचण्ड-नेपाल समुहका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीले आफूहरुलाई जेल हाल्ने योजना बनाएको खुलासा गरेक छन् ।

अनौपचारिक रुपमा विभाजित नेकपामा आफ्नो समूहको अध्यक्ष रहेका माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूलाई जेल हाल्न चाहेको खुलासा गरेका हुन् ।

बुधबार बिहान सम्पादकहरुसँगको छलफलमा उनले ओलीको कार्यशैलीको चर्चा गरे।

‘ओलीले अब म एक्सनमा जान्छु भनिरहेका थिए। पहिले मलाई र पछि प्रचण्डजीलाई जेलमा कोच्ने उनको योजना थियो’, नेपालले भने, ‘केही विषय पाएको भए अहिलेसम्म जेलमा कोचिसक्थे।’

ललिता निवास प्रकरणमा थोरै पनि कमजोरी भेटेका भए ओलीले आफूलाई जेलमा कोचिसक्ने नेपालको भनाइ छ।

नेपालले आफूहरुको बारे पार्टीभित्र र बाहिर विभिन्न भ्रम फैलाइएको भन्दै ती सही नभएको बताए।