सबैभन्दा खतरनाक गोटी चाल्दै प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

सबैभन्दा खतरनाक गोटी चाल्दै प्रधानमन्त्री ओली



काठमाडौं- सत्तारुढ नेकपाभित्र चुलिएको अन्तरविरोध व्यवस्थापनका नाममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले विपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवासँग गर्न थालेको निरन्तरको उठबस आफ्ना विरोधी सहयात्रीहरुलाई तर्साउने राजनीतिक दाउपेचको सबैभन्दा खतरनाक गोटी मानिएको छ।

त्यही पृष्ठभूमिमा प्रधानमन्त्रीले देउवालाई ‘मिलेर जाऔँ’ भनेका खबर बाहिरिएको छ

पछिल्लो भेटमा भएको वार्तालाप र प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोत भन्छ– ‘हाम्रो पार्टीभित्र संकट चुलिएको छ। कुनैपनि बेला विभाजन आउन सक्छ। त्यसको लागि पनि मिलेर जानुपर्यो। हामी मिलेर जाँदा सरकार तपाईं र म जसले चलाए पनि हुन्छ। पछि तपाईंले चलाउनु होला। चुनाव पनि तपाईंले नै गराउनु होला।’

प्रधानमन्त्रीको प्रस्तावले कांग्रेसभित्र पनि ठूलो तरंग ल्याइदिएको छ। बहुमत प्राप्त पार्टी फुटाउन बल पुग्नेगरी सरकारमा जाने वा नजाने भन्ने विषयमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मादेखि सहमहामन्त्री प्रकाशशरण महतसम्मले मुख खोलिसकेका छन्।

अहिलेको अवस्थामा सरकारमा जाने सम्भावना कुनै पनि कोणबाट उपयक्त नदेखिएको स्वयं देउवा निकटस्थहरुले स्वीकारेको कुरा जनआस्थाले लेखको छ।।

कथम् गइहालेमा अघिल्लो चुनावको मुखमा हुर्हुराउँदै देउवा सरकारमा सहभागी भएको कमल थापा नेतृत्वको राप्रपाको हालतमा कांग्रेस पुग्न बेर नलाग्ने राजनीतिक विश्लेषकहरुको निचोड छ।