ओली कारवाहीमा परिसकेका छन्, भ्रममा नपरौँ: प्रचण्ड
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय भइसकेको बताएका छन् ।
उनले ओलीलाई कारबाही गर्ने निर्णय भैसकेको हुँदा कोही पनि भ्रममा नपर्न आग्रह समेत गरेका हुन् । उनले ओलीको कुनै पनि भ्रममा नपर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले आफू निकटको भेला डाकेकै बेला प्रचण्डले यस्तो विज्ञप्ति निकालेका हुन् ।