केपी ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारबाही
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाले अध्यक्ष केपी शर्मा ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्ने निर्णय गरेको छ ।
पार्टीको निर्देशनलाई लत्याउने प्रधानमन्त्रीसमेत रहेका ओलीलाई आइतबार प्रधानमन्त्री निवास बालुवाटारमै बसेको स्थायी कमिटी बैठकले अनुशासनको कारबाही गरि साधारण सदस्यबाट समेत हटाउने गर्ने निर्णय गरेको हो ।
केपी शर्मा ओलीलाई अध्यक्ष मात्रै होइन, साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय बैठकले गरेको एक स्थायी कमिटि सदस्यले बताए ।
अन्तरिम विधान २०७५ को धारा ५६ को विभिन्न प्रावधानविरुध्द भएकाले कारवाहीका लागि केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
नेकपाले केन्द्रीय कमिटीको बैठक पुस ७ गते काठमाडौंमा बोलाएको छ ।