प्रधानमन्त्रीमा ओलीको दावी गैरकानुनी ठहर
काठमाडौं । संवैधानिक इजलासले आफ्नो फैसला सुनाउँदै संविधानको धारा ७६ को उपधारा ५ बमोजिम केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दावी गर्नु संविधानसम्मत नदेखिएको ठहर गरेको छ ।
फैसलामा शेरबहादुर देउवाले गरेका दावी नै सही भएकाले प्रतिनिधिसभाका १४६ जना सांसदले दिएको समर्थन नै विश्वासको मत प्राप्त गर्ने आधार रहेको प्रष्ट पारेको छ । सोही बमोजिम देउवालाई प्रधानमन्त्री बनाउन अदालतले परमादेश जारी गरेको छ ।
यसअघि राष्ट्रपतिबाट दुवैको दावी नपुगेको भनी गरेको प्रतिनिधिसभा विघटनलाई उत्प्रेषणको आदेशबाट बदर गरिएको छ