नेकपा ओली समूहद्वारा सातै प्रदेशमा कमान्डर घोषणा
काठमाडौं- सत्तारुढ नेकपाको केपी ओली समूहले पार्टी प्रशिक्षणका लागि भन्दै सातै प्रदेशको कमाण्डर तोकेको छ । उक्त समूहका प्रवक्ता तोकिएका प्रदीप ज्ञवालीले दिएको जानकारी अनुसार प्रशिक्षणका लागि संयोजन गर्न मात्र जिम्मेवारी तोकिएको हो ।
‘पार्टी केन्द्रीय कमिटी सदस्यमा मनोनित कमरेडहरूलाई कार्यगत प्रशिक्षण सञ्चालन हुने भएकोले निम्नबमोजिम जिम्मेवार नेताहरू खटिनुभएको छ,’ प्रवक्ता ज्ञवालीले भनेका छन् ।
ज्ञवालीका अनुसार यस्तो छ कार्यविभाजन-
१. सुदूरपश्चिम प्रदेश- लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे ।
२. कर्णाली प्रदेश- शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य ।
३. लुम्बिनी प्रदेश- विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटा ।
४. गण्डकी प्रदेश- तोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल ।
५. वागमती प्रदेश- ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल ।
६. प्रदेश नं २. – ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महताे ।
७. प्रदेश नं. १.- सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्वाहाम्फे ।