कीर्तिपुरमा ओलीलाई कालो झन्डा, नेविसंघका ५ कार्यकर्ता घाइते - Himal Post Himal Post
  • ४ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 16 2026
Logo

कीर्तिपुरमा ओलीलाई कालो झन्डा, नेविसंघका ५ कार्यकर्ता घाइते



काठमाडौं– त्रिभुवन विश्वबिद्यालयको ५९ औं बार्षिकोत्सवमा भाग लिन कीर्तिपुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेविसंघका नेता तथा कार्यकर्ताहरुले कालो झन्डा देखाउँदै विरोध प्रदर्शन गरेका छन्। प्रर्दशनमा प्रहरी लाठी चार्ज गरेको छ। १० जना कार्यकर्तालाई पक्राउ समेत गरेको छ।

नेविसंघ त्रिवि समितिका अध्यक्ष हरि आचार्यसहित, सचिव योगेन्द्र रावल,, श्यामचन्द्र अधिकारी, केशब चापागाई, दिनेश लामिछाने लगायत घाइते भएका हुन्।

डा केसीका माग पूरा गर्न ध्यान नदिएको भन्दै नेविसंघले विरोध गरेका हुन्।