ओलीकै राजीनामा माग्दै सडकमा आउन नपरोस: अधिवक्ता - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

ओलीकै राजीनामा माग्दै सडकमा आउन नपरोस: अधिवक्ता



जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसीलाई बलपूर्वक काठमाण्डु ल्याउन दुस्साहस नगर्न उनका समर्थकहरुले चेतावनी दिएका छन् ।

डा. केसीको माग पुरा गर्न माग गर्दै उनका समर्थकहरुले शनिबार राजधानीमा विशाल प्रदर्शन गरेका छन् । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँबानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन अधिवक्ता डा. सुरेन्द्र भण्डारीले गंगामाया अधिकारीलाई जस्तो उधारो न्याय डा. केसीसँग नचल्ने बताएका छन् ।

चिकित्सा शिक्षा अध्यादेशको हुबहु विधेयक आउनुपर्ने भन्दै उनले भने, ‘यो सरकारले राजनीतिक नैतिकता छैन भनोस्, अनि अध्यादेश भन्दा फरक विधेयक ल्याउनुस् ।’

संसदमा दर्ता गरेको विधेयक फिर्ता लिए वार्ता गर्न टिम तयार रहेको भन्दै उनले वार्ता गर्ने नाममा डा. केसीलाई बलपूर्वक काठमाण्डु ल्याउने प्रयास नगर्न चेतावनी दिए । ‘सत्याग्रहीलाई छुनु पनि हुँदैन । कुन नैतिकताले उठाउनु कुरा गर्दै हुनुहुन्छ ?’ उनले भने, ‘हिम्मत छ भने डा. केसीलाई छोएर हेर्नुस् ।’

यदि सरकारले डा. केसीलाई बलपूर्वक काठमाण्डु ल्याए प्रधानमन्त्री केपी शर्मा ओलीकै राजीनामा माग्दै सडकमा आउने उनले बताए ।

अधिवक्ता डा. केसीले संसदलाई डा. केसीले नभई प्रधानमन्त्री र प्रचण्डले डिक्टेट गरेको आरोप लगाए । कस्तो कानुन बनाउने भन्ने बहस गर्ने अधिकार हरेक सार्वभौम नागरिकलाई रहेको भन्दै उनले भने, संसदलाई डा. केसीले होइन, माफिया र उनीहरुका नाइके केपी ओलीले डिक्टेट गरेका छन् । संसदलाई पार्टीको अंग ठानिएको छ ।’