पद नछाड्न ओलीको जुक्ती: विधान नै संशोधन, उमेर हद पनि चैट - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

पद नछाड्न ओलीको जुक्ती: विधान नै संशोधन, उमेर हद पनि चैट



काठमाडौं- पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफू पक्षीय बैठक बोलाएर नेकपाको एमालेको विधान संशोधन गरेका छन् । आफू अध्यक्ष पदमा बस्नकै लागि सत्तरी वर्षे उमेर हद लगायतका केहि प्रावधान हटाएका छन् ।

ओलीले शुक्रबार बालुवाटारमा आफू निकटलाई मात्रै खबर गरेर केन्द्रीय कमिटीको विशेष बैठक बोलाएका थिए । उक्त बैठकले माधव नेपाल समुहका सबै पधाधिकारीहरुलाई कारबाही गरेको छ भने विधान संशोधन समेत गरेको छ ।

केपी शर्मा ओली अहिले सत्तरी वर्ष पुगेका छन् एमालेको विधानमा नेतृत्वमा बस्न सत्तरी वर्षको उमेर हदको व्यवस्था छ । सर्वोच्चको फैसलाले एमाले ब्युँतिएपछि ओली पदमा बस्न सक्दैनन् । त्यसैले ओलीले नेपाल समुहलाई खबर नै नगरी आफ्ना निकटका सदस्यलाई बोलाएर विधान नै संशोधन गरेका छन् ।

हाधिवेशनअघिनै सत्तरी वर्षे उमेर हदले पुनःस्थापित पार्टी अघि बढ्न वैधानिक समस्या हुने भएपछि विधानमा संशोधन गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् ।

ज्ञवालीले बैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै पार्टी एकीकरणका बेला कायम ४३५ सदस्यहरुलाई पार्टीमा सहभागी हुन आह्वान गरेको जनाएका छन् ।

त्यस्तै बैठकले महाधिवेशनको समयावधि, उमेर हद, कमिटीको संरचना लगायतका कतिपय पश्नमा विधानका व्यवस्थाहरुलाई परिवर्तित सन्दर्भ अनुकुल बनाउन वाधा अड्काउ फुकाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले प्रदेशसभामा पार्टीबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई पार्टी निर्णय अनुरुप सञ्चालित हुन र अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको भए फिर्ता लिन निर्देशन दिएको छ ।

बैठकले निर्वाचन आयोगले १५ दिनभित्र एकता गर्नका लागि दिएको समयमा भने अब पार्टी एकीकरणको सम्भावना नरहेको निष्कर्ष निकालेको विज्ञप्तिमा उल्लेख छ ।