आखिर माधव नेपाल समूहसँग झुके केपी ओली - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

आखिर माधव नेपाल समूहसँग झुके केपी ओली



काठमाडौं- नेकपा एमालेमा माधवकुमार नेपाल पक्षले राखेको माग ओली समुहले निशर्त पुरा गर्ने भएको छ । पार्टीमा एकलौटी गरेको आरोप लागेका प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी सहरमा ओलीले पार्टीलाई जेठ २ अघिको संरचनामा फर्काउने निर्णय गराएका छन् ।

गत फागुनदेखि माधव नेपाल समुहले उठाउँदै आएको माग पूरा भएको छ । यसलाई माधव नेपाल पक्षले पार्टीभित्रको लडाइँमा जित निकालेको अर्थ अगाइएको छ । मंगलबार बालुवाटारमा बसेको केपी ओली पक्षको स्थायी कमिटी बैठकले पार्टीको सबै संरचनालाई जेठ २ अगाडी फर्काउने निर्णय गरेको हो ।

बैठकले महाधिवेशन आयोजक कमिटीलाई खारेज गर्दै जेठ २ पूर्वको केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेपछि माधव नेपाल पक्षको माग पूरा भएका छन् । यसअघि सशर्त जेठ २ अगाडी फर्किने प्रस्ताव गरेका ओली समुहले अहिले भने सबै सर्त छोडेर यस्तो निर्णय गरेको हो ।

बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार बैठकले पुरानै केन्द्रीय कमिटीको बैठक असार १८ गतेका लागि तय गरेको छ । २०७५ जेठ २ अघि नेकपा एमालेको केन्द्रीय कमिटी २४१ सदस्यीय थियो । ओलीले यसमा पूर्व माओवादीका २३ जनालाई थपेर २६४ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएका थिए । अब यो आयोजक समिति विघटन गरी बादलहरू बाहेकको पुरानै २४१ सदस्यीय एमालेको केन्द्रीय कमिटी बोलाउन केपी ओली तयार भएका छन् ।

स्थायी कमिटि बैठक बोअलेरा केपी ओली पक्षले जेठ २ मा फर्कने निर्णय गरे पनि १८ गते बोलाइएको बैठकमा माधव नेपाल पक्ष सहभागी हुने, नहुने निश्चित भइसकेको छैन । ओली पक्षले बोलाएको बैठकमा जाने कि नजाने भन्नेबारे माधव पक्षको स्थायी कमिटी बैठक विहीबार बस्ने बताइएको छ ।

तर आयोजक कमिटीलाई सर्वोच्च अदालतले नै खारेज गरेकाले ओली पक्षले गरेको निर्णय फगत नौटंकी भएको नेपाल समुहका केहि नेताहरूले बताएका छन् । उनीहरूले यसलाई ओलीको रणनीतिको रूपमा लिएका छन् ।

यसअघि ओली समुहले हस्ताक्षर फिर्ता लिने सर्त राख्दा उक्त सर्त नमान्ने नेपाल समुहले अडान लिएपछि ओली पक्ष जेठ २ मा फर्कन बाध्य भएको छ । ओली पक्षको यो निर्णयले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल पक्षका नेताहरुले सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता लिन नपर्ने भएको छ ।

अहिले माधव नेपाल समुहले सर्त अगाडी सारेको छ । जसअनुसार प्रधानमन्त्री ओलीले संसद विघटन गरेकोमा सार्वजनिक रुपमा माफी माग्ने र निर्णय फिर्ता नलिएसम्म उनीसंग मिल्न नसकिने नेपाल समुहका नेताहरूले बताएका छन् । त्यतिमात्र होइन केहि नेताहरूले संकटमा परेपछि ओलीले चालेको चालमात्र हुनसक्ने बताउँछन् ।