ठाकुर र महतोले भेटेरै दिए प्रधानमन्त्री ओलीलाई झट्का - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

ठाकुर र महतोले भेटेरै दिए प्रधानमन्त्री ओलीलाई झट्का



काठमाडौं- प्जरधानमन्नत्तारी केपी शर्मा ओलीलाई झट्का लागेको छ । कांग्रेस सभापति शेरबहादुर देउवासँग लामो छलफल गरेर बालुवाटार पुगेका समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीलाई भेटेरै विश्वासको मत दिन नसक्ने बताएका छन् ।

आइतबार विहान कांग्रेस सभापति देउवासँग दुई घण्टा लामो छलफलपछि बालुवाटार पुगेका उनीहरुले आफ्ना माग पुरा नभएको भन्दै मत नदिने बनाएका थिए । उनीहरूले आफूहरुको सबै माग सम्बोधन नभएकाले विश्वासको मत दिन नसकिने बताएका हुन् ।

प्रधानमन्त्रीले सोमबार विश्वासको मत लिन प्रतिनिधिसभा बैठक बोलाएसंगै राजनीतिक दौडधुप बढेको छ। जसपामा ओलीको निरन्तरताको पक्षमा देखिएका ठाकुर र महतोले यतिबेला पार्टी एकता कायम राख्न ओलीलाई मत नदिने निर्णयमा पुगेका हुन् ।

जसपा अध्यक्ष उपेन्द्र यादव ओली सरकारको विपक्षमा उभिएका बेला उनीहरु पनि ओलीलाई मत नदिने लाइनमा पुगेका हुन् । बिहान काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर पनि उनीहरुले विश्वासको मतको पक्षमा आफू नउभिने बताएका थिए ।