झाँक्रीले भनिन्– हामी त डुब्छौँ, ओलीलाई पनि सँगै डुबाउछौँ
काठमाडौं- नेकपा एमालेकी नेतृ तथा प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुबाएरै छाड्ने बताएकी छन् ।
झाँक्रीले कडा ट्वीट गर्दै आफूहरू डुबेपनि सँगै डुबाउने बताएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने दिन नजिकिदै जाँदा झाँक्रीले ‘हामी त डुब्छौं नै, तिमीलाई पनि लिएरै डुब्छौं’भन्दै ट्वीट गरेकी हुन् ।
प्रधानमन्त्री ओलीको कट्टर आलोचकसमेत रहेकी माधव नेपाल समूहकी नेतृ झाँक्रीले डुब्नबाट जोगिने हो भने किनारा खोज्न र दम्भ त्याग्न आग्रह गरेकी छिन् ।
हिन्दी उक्तिसंगै झाँक्रीले गरेको ट्वीट प्रधानमन्त्री ओलीप्रति लक्षित देखिन्छ ।